तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।नेपालीहरुको महान् पर्व दशैँमा यसवर्ष यहाँ त्यति चहलपहल देखिएन ।

टीका ग्रहण गर्न र आशीर्वाद लिन नागरिकहरु घरभित्रै सीमित रहेको पाइएको छ । कोरोना महामारीको जोखिम अझैपनि रहेकाले परिवारभित्रै मान्यजनका हातबाट टीका ग्रहण गरेर दशैँ मनाइएको छ ।

कोरोनाको असर अझैपनि कायमै छ, गतवर्ष र यसवर्ष घरपरिवारसँगै स्वास्थ्यका मापदण्ड अपनाएर टीका ग्रहण गर्ने काम भयो, बिगतका वर्षमा जस्तो यस वर्ष दशैँको खासै उमङ्ग भएन , परम्परा धान्ने काम मात्रै भयो ।

पहिलेका वर्षहरुमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन गाउँ गाउँमा टीकाको दिन निकै चहलपहल हुन्थ्यो । यस वर्षको दशैँमा अघिल्लो वर्षभन्दा केही बढी भएपनि आफन्त र नातेदारसँग मात्रै टीका ग्रहण गर्ने र आशीर्वाद थाप्ने मात्र भयो  ।

पहिला त टीकाको शुभसाइतमा घरमा टीका लगाएर छरछिमेक र आफन्तकहाँ राति अबेरसम्म पनि पालैपालो पुग्ने गरिन्थ्यो, अहिले त्यसरी टीका लगाउने प्रचलन हट्दै गएको छ, कोरोनाको असरले पनि होला परिवार र आफन्तबीच मात्रै टीका लगाइयो ।

पिङ नखेली मनाइयो दशैँ

दशैँका बेला पिङ खेल्नुपर्छ भन्ने पुरानो मान्यता छ । वर्षमा एकपटक धर्ती छोड्नुपर्ने र दशैँमा पिङ खेलेर धर्ती छोड्नुपर्ने परम्परा रहेको बताइन्छ । यसपाली भने पिङ नखेलिकनै दशैँ मनाइएको पाइएको छ । 

गाउँघरमा पछिल्ला वर्षहरुमा त पिङ राख्नै छाडे, अहिले त झन् कोरोनाको जोखिम पूरै हटेको पनि छैन । दशैँमा एक पटक भएपनि पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । पिङ बिनाको दशैँ खल्लो जस्तै भयो “दशैँको टीका लगाएपछि आफन्त र साथीभाइसँग गाउँमा पिङ खेलेर रमाइलो गरिन्थ्यो ।

पिङले दशँैमा छुट्टै रौनक ल्याउँथ्यो तर पछिल्लो समयमा यो परम्परा पनि हराउँदै जाँदा दशँैमा पहिला जस्तो हर्षोल्लास देखिँदैन । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …