तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका ७ जनालाई ७ केजी ९ सय ७७ ग्राम अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका-५ ठेगाना भई ललितपुर हात्तिवन बस्ने ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका-५ ठेगाना भएका ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी गाउँपालिका-१ घर भई हाल काठमाडौं बौद्द नयाँबस्तिस्थित सिलाई बुनाई काम गर्ने दिनदयाल महतो उराव, उक्त कोठामा बसेका दिपेन्द्र महतो उराव, मकवानपुर थाहा नगरपालिका-११ बस्ने ४५ वर्षीय रबि मुक्तान र धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २३ वर्षीय मोतीलाल तामाङ रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले यही असोज १४ गते  ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र सो मा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेश सहित अन्जित थापालाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही दिन अन्जितलाई उक्त सामान दिने सुजनलाई पक्राउ गरी सुजनलाई समेत चरेश दिने जालिन्द्रलाई पक्राउ गरेको हो । जालिन्द्रको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टिभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेश र २ डब्बा फेबिकोल, २ थान फलामको हेक्सा ब्लेड, २ थान छिनो, १ थान चक्कु, २ थान हतौडा, १ थान धार लगाउने सिल्ली, २ थान फलामको ढुङ्ग्रो, ४ रोल र्‍यापिङ टेप बरामद भएको छ ।  

थप अनुसन्धानको सिलसिलामा असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको १ सय १३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८ सय ७५ ग्राम चरेश, ३ थान डिजिटल तराजू, १ थान सिलाई मेशिन, १ थान रोलिङ मेशिन, २ थान फेबिकोल, विभिन्न १७ थान हस्तकला, ६ थान थाङ्का लगायतका सामान र नगद १ लाख रुपैयाँ सहित दिनदयाल र दिपेन्द्र महतोलाई पक्राउ गरिएको हो । साथै सोही दिन जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई उनकै कोठाबाट ९ ग्राम ५ सय मिलीग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको हो । 

थप अनुसन्धानको सिलसिलामा असोज १६ गते रविलाई चरेश उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलीग्राम चरेशसहित पक्राउ गरिएको हो । उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेश संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरुमा चरेश लुकाई कार्गोबाट हङकङ पठाउने गरेको र उनीहरूउपर लागूऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।

         

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …