तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो ।

पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो ।

प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताउनुभयो । उहाँका अनुसार ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् । यसैबीच पार्टी निकट ट्रेड युनियन महासङ्घले विभिन्न पर्वका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका पदाधिकारी तथा नेतागणको सहभागिता थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …