तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गर्नुभएको छ । 

आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका साथ एकता गरेको भए पनि त्यसले गतिलो परिणाम नदिएको भन्दै उहाँले  त्यसबाट प्राप्त गरेको ज्ञानलाई समेत साटफेर गर्न तयार रहेको बताउनुभयो । 

जनयुद्धको स्मरणमा लेखिएको गीतिसंग्रह ‘सपनाको पाण्डुलिपी’को विमोचन गर्दै उहाँले विभिन्न घटकमा विभक्त भएका माओवादी पार्टी र जनयुद्धका सहकर्मीलाई ठण्डा दिमागले एक अर्काको ज्ञानलाई माझ्न र साझा सहकार्यका लागिसमेत आग्रह गर्नुभयो ।

माओवादी आन्दोलनमा सहभागी सबै नेता तथा कार्यकर्ताहरू एक आपसमा मिलेर जाने प्रयास भइरहेको भन्दै उहाँले त्यसका लागि सकारात्मक वातावरण बनाउनसमेत सबैलाई अनुरोध गर्नुभयो । आफूलाई सत्तारुढ गठबन्धनका नेताहरूले केपी ओलीसँग एकता गरेर के पाउनुभयो भनेर पटकपटक प्रश्न गर्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो “ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेको छु ।”

आफूहरूले जनयुद्धको क्रममा क्रान्ति छल्छु भनेर कहिल्यै नसोचेको तर दुश्मनले अवरोध गरेको बाटो छल्दै जाँदा अहिलेको स्थानमा आइपुगेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यसमा मेरो इमान्दार प्रयास थियो । कुनै गलत नियत राखिएको थिएन किनकी मैले क्रान्ति छाडेको छैन । नियत गलत राखेको छैन ।”

वामपन्थी तथा माओवादी घटकहरू मिलेर जनतालाई परिचालन गर्ने हो भने गलत निर्वाचन प्रणाली र शासकीय प्रणाली परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । अध्यक्ष दाहालले पछिल्लो पटक प्रतिनिधिसभाको विघटन पछि लाखौं जनताको साथमा गरिएको शान्तिपूर्ण सडक प्रदर्शनले पनि सही नीति तथा कार्यक्रम भयो भने जनताले साथ दिन्छन् भन्ने स्पष्ट भएको समेत उल्लेख गर्नुभयो । 

माओवादी आन्दोलनलाई भ्रष्टीकरण गर्ने र त्यसको बलमा स्थापित भएको धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व उल्ट्याउने ध्येयका साथ प्रतिनिधिसभाको विघटन गरिएको बताउनुभयो । कार्यक्रममा जनकलाकार जीवन शर्मा  र प्रतिनिधिसभा सदस्य अमृता थापा मगरले गीतिसंग्रहमाथि टिप्पणी गर्नुभएको थियो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …