तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले ठूला दलले जनभावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । राप्रपा सिन्धुपाल्चोक क्षेत्र–२ तथा प्रदेश क र ख को मेलम्चीमा अधिवेशन उद्घाटन गर्दै मेलम्ची बाढी आएर तहसनहस बनाएको घटनाले आफू दुःखी भएको बताउनुभयो । 

राणाले चन्द्र शम्शेरको पालामा बनेको झोलुङ्गे पुल र आफू मन्त्री हुँदा बनाएको पक्कीपुल बाढीले बगाएको भन्दै आफूले ती पुल बनाउने प्रतिबद्धता जनाउनुभयो । तत्काल राहत र उद्धारको काम सकिएको भन्दै राणाले अब सरकारले बस्ती स्थानान्तरण र व्यवस्थापनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनताले कम्युनिष्टलाई पाँच वर्ष शासन गर्न आदेश दिए पनि कम्युनिष्टले भ्रष्टाचार र बेथिति गरेर जनतालाई दुःख दिएको राणाले आरोप लगाउनुभयो । कांग्रेस सरकारले पनि तीन महिना हुन लाग्दा पनि मन्त्री परिषद्लाई पूर्णता दिन नसकेकाले अब ठूला दलले जनभावनाको कदर गर्न नसक्ने उहाँको भनाइ थियो । 

वडा, नगर, गाउँँ, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय अधिवेशन सम्पन्न गर्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले केन्द्रीय अधिवेशनपछि हुने चुनावमा राजसंस्था र हिन्दू राज्यको मागसहित जनतामाझ जाने र राप्रपालाई मतदाताले विश्वास गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …