तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् । सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ ।

माओवादीले नयाँलाई मौका दिने

नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ ।

पाँच दलीय गठबन्धनभित्रको सहमतिअनुसार माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री पाउनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालमन्त्री भइसेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको थियो । मन्त्रीको नामावली तथा अगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले बताए ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …