तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए ।

उच्च हिमाली क्षेत्रमा पर्ने जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकाले दसैंअगाडि नै अधिवेशन गर्न लागिएको छ । ‘दसैंअघि नै २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारीमा छौं, हिउँ पर्ने र चिसो बढ्ने भएकाले ती जिल्लामा दसैंअघि नै अधिवेशन सम्पन्न गर्ने तयारी भएको हो, केही जिल्लामा एक दुई दिन यताउता पनि होला,’ निर्वाचन समिति संयोजक यादवले भने । गत ७ असोजमा बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा दसैंअघि र पहाडी तथा तराईका जिल्लामा दसैंपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी जिल्लामा १८ असोजभित्र जिल्ला अधिवेशनअघिका सबै प्रक्रिया पूरा गरेर जिल्ला अधिवेशन गरिने छ । रसुवामा भने वडा अधिवेशन नै भएको छैन ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने वडा अधिवेशन सम्पन्न भएकामध्ये ६० जिल्लामा पालिकातहका अधिवेशन पनि सम्पन्न गरिसकेको छ । वडा अधिवेशन सकिएका काठमाडौंसहितका केही जिल्लामा भने पालिका अधिवेशन हुने प्रक्रियामा छ ।

कांग्रेसले अझै १३ जिल्लामा ‘वडा अधिवेशन कहिले गर्ने भन्ने टुंगो लगाउन सकेको छैन । आइतबार मात्रै कांग्रेसले पछिल्लो पटक वडा अधिवेशन गर्न बाँकी १३ मध्ये ५ जिल्लाको सदस्यता सार्वजनिक गरेको छ ।

तर, अझै प्रदेश २ सहितका केही जिल्ला सदस्यता विवाद समाधान हुन बाँकी छ । ती जिल्लामा एकै पटक वडा अधिवेशन गर्ने कांग्रेसको तयारी छ । अधिकांश जिल्लामा वडा अधिवेशन सकेर पालिका अधिवेशन हुँदैगर्दा कांग्रेसले जिल्ला अधिवेशनअघि प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्नु पर्ने छ ।

त्यसपछि मात्रै जिल्ला अधिवेशन हुनेछन् । तर, हिमाली जिल्लामा भने धेरैजसो एउटै निर्वाचन क्षेत्र छ । कार्यतालिकाअनुसार आज १२ असोजमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । त्यस्तै, एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा १५ असोज र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा १८ असोजमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकेको छ ।

दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति पदको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि अनिवार्य हुनु पर्छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन पाउँछन् ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …