तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बागलुङ। आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन् ।

नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन् । हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ । आठ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा कहीँ पनि महिला नेतृत्वमा नआएको निर्वाचन समितिले जनाएको छ ।

सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा महिलाको नाम नै उच्चारण भएन भने निर्वाचन भएका पालिकामा पनि महिला प्रतिस्पर्धाका लागि तयार देखिएनन् । गलकोट नगरपालिकामा आइतबार साँझसम्म सर्वसम्मतको प्रयास भएका कारण निर्वाचन हुन सकेको छैन । आजसम्ममा मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइने निर्वाचन समितिले जनाएको छ ।

बरेङ गाउँपालिकामा पार्टीभित्रै सदस्यताका विषयमा विवाद हुँदा निर्वाचनका कार्यक्रम स्थगन भएको कांग्रेसका एक नेताले बताउनुभयो । बरेङमा निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुने टुङ्गो छैन । निर्वाचनबाट नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत निर्वाचित हुनुभएको छ ।

जैमिनी नगरपालिकामा प्रेमप्रसाद सापकोटा निर्वाचित हुनुभयो । ताराखोला गाउँपालिकामा कमलापति पाठक सर्वसम्मत निर्वाचित हुनुभएको थियो । निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती, तमानखोला गाउँपालिकामा लीलाबहादुर छन्त्याल र काठेखोला गाउँपालिकामा यामदत्त कँडेल सर्वसम्मत चयन हुनुभयो । बागलुङका १० स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरपालिकाको निर्वाचनबाट युवा नेता उमाकान्त शर्मा निर्वाचित हुनुभयो ।

अर्को पक्षबाट उम्मेदवार बन्नुभएका कर्ण हमाललाई उहाँले ६२ मतान्तरले पराजित गर्नुभयो । खसेको ३८८ मतमध्ये शर्माले २२४ मत र हमालले १६२ मत प्राप्त गर्नुभयोे । सभापति मात्रै होइन उपसभापति, सचिव र सहसचिव पदमा समेत महिलाको सहभागिता शून्य छ । कोषध्यक्ष निर्वाचित पदाधिकारीको बैठकले मनोनयन गर्ने भएकाले महिला पदाधिकारीमा ल्याउने सम्भावना बाँकी रहेको एक नेताले बताउनुभयो ।

गत भदौ २१ गते भएको वडा अधिवेशनमा भने ८४ वडामा निर्विरोध नेतृत्व चयन भएको थियो । ढोरपाटन नगरपालिका–५ मा मात्रै सभापतिका लागि निर्वाचन गर्नुपरेको थियो । वडा तहमा समेत महिला सहभागिता छैन । “नेतृत्वमा महिला नआउनु यो दुर्भाग्य हो”, महिला नेत्री ज्ञानु श्रीष शर्माले भन्नुभयो, “बिहानमै व्यवस्था गरेर पदाधिकारीमा महिलाको सहभागिता अनिवार्य गर्नुपर्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …