तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पाँचथर । आठमध्ये नेपाली कांग्रेसले तीन स्थानीय तहमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । बाँकी पाँच स्थानीय तहमा सहमतिमा नेतृत्व छनोट भएको छ । नेतृत्वमा अधिकांश युवा र जनप्रतिनिधिले स्थान पाएका छन् ।

जिल्लाको याङवरक र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा कांग्रेसले मतदानमार्फत नेतृत्व चयन गरेको हो । चौध वडा रहेको फिदिम नगरपालिकाको कांग्रेस सभापति पदमा फिदिम–४ का वडाध्यक्ष प्रकाश गुरुङ र फिदिमका नगरप्रमुख ओनाहाङ नेम्वाङका सल्लाहकार केशव नेम्वाङको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो । दुई ६१ जना क्षेत्रीय प्रतिनिधि रहेकामा २६० जनाले मतदानमा भाग लिएका थिए । नगर कार्यसमितिको सभापतिमा वडाध्यक्ष गुरुङ १४९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेम्वाङले १०८ मत प्राप्त गर्नुभएको छ ।

फिदिम नगर कार्यसमितिको उपसभापतिमा बालकृष्ण लावती र सुकपाल तुम्बापो विजयी हुनुभएको छ । उहाँहरुले समान १३७ मत प्राप्त गर्नुभएको छ । उपसभापतिका अर्का उम्मेदवार श्रीप्रसाद घिमिरेले १३२ मत प्राप्त गर्नुभयो । यस्तै नगर कार्यसमितिको सचिवमा नरेन्द्र गुरुङ र अविनाश भट्टराई विजयी हुनुभएको छ । उहाँहरूले क्रमशः १५८ र १३६ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिवमा नवीनकुमार तुम्बापो र कुशल राई विजयी हुनुभएको छ । नगर कार्यसमितिका सात निर्वाचित पदाधिकारीमध्ये सभापति, दुईजना उपसभापति र सचिव नरेन्द्र गुरुङ गरी चारजना वडाध्यक्षहरू हुनुहुन्छ । उपसभापतिमा पराजित घिमिरेसमेत वडाध्यक्ष हुनुहुन्छ ।

यस्तै कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिको सभापति सुकवीर नेम्वाङ विजयी हुनुभएको छ । आइतबार राति सम्पन्न मतगणनाअनुसार नेम्वाङले ६३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमपी चेम्जोङले ४४ मत प्राप्त गर्नुभएको छ । सात वटा वडा रहेको फाल्गुनन्दमा कांग्रेसका १३२ जना क्षेत्रीय प्रतिनिधि रहेकामा १२२ जना मतदान प्रक्रियामा सहभागी थिए । गाउँ कार्यसमितिका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ । 

यस्तै याङवरक गाउँपालिकामा समेत चुनावमार्फत कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । यहाँ गाउँ कार्यसमितिको सभापतिमा ५४ मत प्राप्त गर्दै शेरबहादुर नुगो सभापति निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सबिन माबोले ५१ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा समान ५७ मत प्राप्त गर्दै रामचन्द्र ढुङ्गेल र कृष्णप्रसाद प्याकुरेल निर्वाचित हुनुभएको छ । उहाँहरूका प्रतिद्वन्द्वी सुभाषचन्द्र काम्बाङ र खगेन्द्र सिग्देलले क्रमशः ४० र ३८ मत प्राप्त गर्नुभएको छ । 

यस्तै सहसचिवमा समेत मतदानमार्फत नै तिलबहादुर राई र कृष्ण कोइराला विजयी हुनुभएको छ । उपसभापतिमा भने प्रेमराज काफ्ले र देउकुमार योङहाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । उक्त कार्यसमितिका अधिकांश पदाधिकारी युवा छन् भने उपसभापति योङहाङ याङवरक–२ का वडाध्यक्ष हुनुहुन्छ । 

बाँकी पाँचवटा गाउँपालिकामा सहमतिमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । जसअनुसार फालेलुङ गाउँपालिकाको सभापति वीरविक्रम थाम्सुहाङ, हिलिहाङ गाउँपालिकाको सभापतिमा सन्तोष लिङदेन, कुम्मायक गाउँपालिकाको सभापतिमा दुर्गाप्रसाद बम्जन, तुम्बेवा गाउँपालिकाको सभापतिमा बाबुराम खड्का र मिक्लाजुङ गाउँपालिकाको सभापतिमा सन्तकुमार शेर्मा (सन्तोष) को नेतृत्वमा सहमतिमा नयाँ कार्यसमिति गठन भएको कांग्रेस पाँचथरमा जनाएको छ । यी कार्यसमितिका अधिकांश पदाधिकारीहरू युवा छन् । 

कांग्रेसले स्थानीय तहका अधिकांश पदाधिकारीमा नयाँ पुस्तालाई जिम्मेवारी दिएको छ । उनीहरूमध्ये कतिपय जनप्रतिनिधिसमेत छन् । आठमध्ये चार स्थानीय तहका सभापति वडाध्यक्ष छन् । फिदिम नगरका सभापति गुरुङसहित फालेलुङका सभापति थाम्सुहाङ, फाल्गुनन्दका सभापति नेम्वाङ र मिक्लाजुङका सभापति शेर्मा वडाध्यक्ष हुन् । कांग्रेसको जिल्ला कार्यसमिति सभापतिमा कांग्रेसका पुराना नेता पूर्वसचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रुपनारायण जबेगूबीच प्रतिस्पर्धा हुनेछ । दुवै समूहले जिल्ला कार्यसमितिका पदाधिकारीमा प्यानल नै खडा गरी प्रतिस्पर्धा गर्न लागेका छन् । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …