काठमाडौं । नेकपा (एमाले)को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो ।
आज मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिनुभएको थियो ।
महाधिवेशनसभास्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो ।
“सभामा दुई हजार ८४० कुर्ची भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्ची राखेर हामी व्यवस्थापन गर्छौँ”, उहाँले भन्नुभयो, “त्यहाँ पनि नअट्ने माथि बार्दलीमा स्क्रिन राखेर भए पनि प्रतिनिधिलाई अटाउने व्यवस्था गर्दछौँ ।”
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …