तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बाग्लुङ । नेपाल कांग्रेसको जारी पालिकाधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो ।

बागलुङ नगरपालिकाको सभापतिमा  उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागलुङका अनुसार ढोरपाटनमा धनबहादुर कायत ‘कल्याण’ र जैमिनी नगरपालिकामा प्रेम सापकोटा सभापतिमा निर्वाचित हुनुभएको छ । यी दुई नगरपालिकामा पनि सर्वसम्मतको प्रयास असफल भएपछि अन्तिममा मतदानबाट नेतृत्वको टुङ्गो लागेको हो ।

बडिगाड, निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जनाइएको छ । बडिगाडमा कृष्ण गुरुङ, निसीखोलामा सूर्यबहादुर घर्ती, तमानखोलामा लीलाबहादुर छन्त्याल, ताराखोलामा कमलापती पाठक र काठेखोलामा यामदत्त कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ ।

गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा भने अझै नेतृत्व चयन हुन सकेको छैन । सर्वसम्मतका लागि अहिले पनि छलफल चलिरहेको र सहमति नजुटे आज निर्वाचन हुने कांग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …