तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की। सत्तारुढ नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका सबै पालिकामा अधिवेशन सम्पन्न भएका छन् । यसक्रममा चार गाउँपालिकामा नयाँ नेतृत्व चयन भएका छन् भने पोखरा महानगरपालिकाको सभापति पदका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना अहिले पनि जारी छ ।

अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत र माछापुच्छ«े र मादी गाउँपालिकामा निर्वाचनद्वारा नेतृत्व चयन भएको थियो । मादीमा सभापतिमा यामबहादुर गुरुङ देविजंग गुरुङलाई एक मतले पछि पार्दै यामबहादुर निर्वाचित हुनुभएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ । विजयी गुरुङले ९३ मत प्राप्त गर्दा प्रत्याशी देवीजंगले ९२ मत पाउनुभएको थियो ।

उपसभापतिमा लिला मोहन कुइकेल र कृष्ण चन्द्र बराल निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ, सहसचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल(राजु) निर्वाचित निर्वतमान सचिव भानु ढकालले जानकारी दिनुभयो ।माछापुच्छ«े गाउँपालिकाको अधिवेशनबाट सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित हुनुभयो । उहाँ विसं २०७४ को स्थानीय तहका निर्वाचनमा काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका सभापतिमा दोस्रो कार्यकालका लागि मनपति भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ । उपसभापतिद्धयमा सुशील भट्टचन र गौमाया नेपाली निर्वाचित हुनुभयो ।

यसैगरी सचिवमा कृष्णप्रसाद सुबेदी र विजय गुरूङ तथा सहसचिवमा धुव्र घले र मुक्ति गुरूङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका अन्तरगतका वडा कार्यसमितिको नेतृत्व पनि यसअघिनै सर्वसम्मत चयन गरिएको थियो । रूपा गाउँपालिकामा सभापतिमा बिमलबाबु न्यौपाने, उपसभापतिमा गेसबहादुर गुरूङ र शंकरलाल श्रेष्ठ, सचिवमा बुद्धिबहादुर खड्का र र विकल ओझा, सहसचिवमा निर्मल केसी र विकास ओझा निर्वाचित हुनुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …