तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतमा १० वर्षे सशस्त्र द्वन्द्वपीडितको पहिचान खुल्ने गरी परिचयपत्र वितरण गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई आज पीडित परिवारका आफन्त ज्ञानेन्द्रराज आरणसहित १७ जनाले उक्त माग राखी रिट निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा पीडितको परिचय नखुल्ने गरी परिचयपत्र वितरण गर्ने कार्य द्वन्द्वपीडितको इच्छा र चाहनाविपरीतका निर्णय भएकाले उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिट निवेदनमा परिचयपत्रले पीडितको आत्मसम्मान, त्याग र बलिदानलाई समाप्त गर्न खोजेको हुँदा यस्तो काम कारवाही र निर्णयबाट समग्र द्वन्द्वपीडितको पहिचानमा असर पर्ने भएकाले पीडित परिचयपत्र वितरण कार्यविधि, २०७७  संशोधन एवं पुनरावलोकन गरेर मात्र परिचयपत्र वितरण गर्न माग गरिएको छ ।  

“सशस्त्र द्वन्द्वकालका वास्तविक पीडितको पहिचान नै नामेट पार्ने गरी विपक्षीबाट वितरण भइरहेको पीडित परिचयपत्र वितरणसम्बन्धी कार्य नरोकिएकामा आम पीडितलाई अपूरणीय क्षति पुग्ने, सुविधा र सन्तुलनको सिद्धान्तविपरीत हुन्छ”, रिट निवेदनमा भनिएको छ, “पीडित परिचयपत्र संशोधन पुनरावलोकन नहुञ्जेलसम्मका लागि पीडित परिचयपत्र वितरणलगायत कार्य यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्नु नगराउनु ।”

परिचयपत्र प्राप्त गरेपछि के सुविधा पाउने भन्ने पनि केही नखुलेको हुनाले परिचयपत्रको कुनै औचित्य नभएको पीडितको भनाइ छ । बृहत् शान्तिसम्झौता भएको १४ वर्ष पूरा भए पनि शान्तिसम्झौताको एउटा महत्वपूर्ण पक्ष सङ्क्रमणकालीन न्यायले पूर्णता पाउन सकेको छैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …