तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मुहान क्षेत्रको क्षेत्रमा उत्खननका लागि अनुमति पाएको भन्ने सूचना पाएपछि संस्थाले त्यसको विरोध जनाएको छ ।

संस्थाका सचिव मनोज लामिछानेका अनुसार राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुनढुङ्गा उत्खननको अनुमति दिन थालिएको भन्दै यसको आपत्ति जनाइएको हो ।

“हामीले खानेपानीको मुहान भएका क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्नका लागि अनुमति दिन थालेको भन्ने सूचना पाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले जसरी हुन्छ, पानी संरक्षण गर्नुपर्छ, मुहानलाई असर गर्ने गरी उत्खनन हुने कार्यलाई रोक्नु पर्छ ।”

संस्थाको मुहान रहेको स्थान मुलकोट, राम्री, धैरेनी, पहरे, छरछरेलगायत स्थानमा रहेको चुनढुुङ्गा उत्खननका लागि सुनगाभा माइनिङ प्रालिलाई अनुमति दिन थालिएको भन्दै यसको व्यापक विरोध गर्न आवश्यक रहेको बताउनुभयो । उत्खननका लागि अनुमति दिने कार्य रोक्नका लागि संस्थाले खानी तथा भू–गर्भ विभाग काठमाडौँलाई पत्र पनि पठाएको छ । त्यस स्थानबाट चुनढुङ्गा उत्खनन कार्य भएमा कडा आन्दोलन गर्न पनि तयार हुने उहाँले बताउनुभयो । “यदि त्यहाँ उत्खनन भयो भने हाम्रो सबै मुहान सुक्छन्”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले तुलसीपुरलाई कसरी पानी पु¥याउन सक्छौँ ।”

तिनै मुहानले तुलसीपुरमा खानेपानी चलेको छ । त्यहाँका मुहानलाई नै असर परेमा तुलसीपुरमा पानीको हाहाकार हुने उहाँले बताउनुभयो । विसं २०२८ देखि खानेपानी संस्थाले त्यहाँका मुहानबाट पानी ल्याउन थालेको हो । मुहानबाट आठ हजार दुई धारा वितरण भएका छन् । त्यसबाट १० हजार घरधुरीका ६० हजार उपभोक्ता लाभान्वित भएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …