तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् ।

आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए ।

‘सरकार र सभामुखको प्रवृतिविरुद्धमा एमालेले निरन्तर प्रतिवाद गर्छ, सरकार अहिलेका सभामुखका साथै अहिले भइरहेका गैरसंवैधानिक क्रियाकलापविरुद्ध एमालेले प्रतिवाद गरिरहन्छ’ प्रमुख सचेत भट्टराईले भने, ‘हामीले उठाएको मागबारे छलफल नै नगरी सभामुखले बलपूर्वक सदन चलाएर आफूलाई गुरिल्ला साबित गरे ।’

सदन अगाडि बढाउनुपूर्व सभामुखले छलफल, सहमतिका लागि कुनै प्रयास नगरेको बताउँदै उनले जबसम्म एमालेले उठाएको प्रश्नको उत्तर आउँदैन तबसम्म विरोध जारी रहने बताए ।

‘संसदीय परिपाटीको घोर उल्लंघन भइरहेको छ, सामान्यतया संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षी दल उठे मात्रै पनि संसद् चल्दैन । हामीले पनि पहिला त्यहीँ चलन बसाएको हो । हामीले विरोध गर्दागर्दै पनि सभामुखले यसरी सदन चलाउनु उनको गुरिल्लापनको व्यावहारिक प्रमाण हो,’ उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेटमा के ल्याइयो भन्ने कुरा ठूलो नभएको बताउँदै उनले संसद्मा विधि के अपनाइयो भन्ने कुरा मुख्य भएको बताए । यसरी संसद्मा प्रस्तुत हुनु घोर तानाशाही प्रवृत्ति भएको टिप्पणी उनले गरे । अहिले बजेटमा थपिएका केही कुराले जनतामा खासै प्रभाव नपर्ने भट्टराईले बताए ।

एमाले स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संसद्मा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको टिप्पणी गरे । नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण मात्रै आएको उनले बताए । तर, सबै दलसँग सल्लाह गरेर बजेट संशोधन गरेको भए उचित हुने उनले बताए ।

एमाले केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भूमिका पनि निर्वाह नगरेको टिप्पणी गरे । संसद्मा के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको उनले बताए ।

सभामुख सापकोटाले असमान व्यवहार गरेको र आफूहरूप्रति असहिष्णु व्यवहार गरेको भन्दै उनले सभामुखलाई मान्न नसकिने बताए । सभामुखको गलत कामको आफूहरूले विरोध गरेको बाँस्कोटाले स्पष्ट पारे ।

‘त्यो कुर्सीमा बसिरहँदाखेरि सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो । यतिसम्म असहिष्णुता देखाइसक्नु भएको छ कि कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरुलाई समेत कार्यसूची र एजेन्डा दिनुहुन्न, यसरी उहाँले संसद कसरी चलाउनुहुन्छ ? हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरिका गलत भयो त्यसको विरोध गरेको हो, प्रतिवाद गरेको हो,’ बाँस्कोटाले भने । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …