तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोधका बीच तीनवटा अध्यादेश पारित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीलाई रोष्ट्रममा निम्तो दिएसंगी मन्त्री जनार्दन शर्मा आफू बसेको ठाउँबाट दगुर्दै रोष्ट्रममा पुगेका थिए ।

उनी रोस्टममा जान लाग्दा एमालेका सांसदहरुले उनलाई रोक्न खोजेका थिए । एमालेका सांसदहरुले उनलाई अवरोध गर्न खोजेपछि सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी भएको थियो ।  

उनीहरुबीच घम्साघम्सी हुँदा सत्तापक्षको टेबल भाँचिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …