तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

ललितपुर । पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आउँदो बुधबारदेखि खुला गरिने भएको छ । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले एक सूचना जारी गरी यही भदौ २३ गतेदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका साथै अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी गराउनुभएको छ । 

दरबार क्षेत्र खुलाउने कुरा अघि बढेसँगै आफूहरु तयारी अवस्थामा रहेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा  दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरेका थियौ ।

आगन्तुकबाट उठेको रकमले कार्यालयमा कार्यरत कर्मचारीका साथै भित्र लाग्ने व्यवस्थापन खर्च जुटाउन सहयोग पुग्ने भएको लाखेको भनाइ छ । 

मुलुकमा कोभिड भित्रिनुअघि दैनिक लगभग चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेको लाखेले जानकारी गराउनुभयो । “यस समय प्रत्येक दिन आधा स्वदेशीका साथै यसै सङ्ख्यामा बाँकी विदेशी पर्यटकले समेत सङ्ग्रहालय अवलोकन गर्ने गर्थे”, उहाँले थप्नुभयो । 

चार महिना अघिदेखि बन्द रहेको पाटन सङ्ग्रहालय नजिकैको दरबार स्क्वायर क्षेत्र भने सधँैजसो हरेक उमेर समूहका मानिसले भरिभराउ हुने गरेको देखिन्छ । दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ । 

सो क्षेत्रमा मुलुकमै शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको कृष्ण मन्दिर अनि भीमसेन मन्दिर तथा चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनाका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छ । 

पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरुको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौँ उपत्यकाका तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो शहरका रूपमा परिचित छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …