तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा सघाउन पठाइएको स्वास्थ्य उपकरण र सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

शुक्रबार सङ्घका अध्यक्ष बुद्धि सागर सुबेदीले ३ करोड १६ लाख रुपियाँ मूल्य बराबरको अक्सिजन कन्सनट्रेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रम गरी स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रम राज्य मन्त्री श्रेष्ठले सहयोगका लागि एनआरएनए अमेरिका, सहयोगी सङ्घ संस्था ,अमेरिका निवासी सबै नेपालीहरू तथा अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

हस्तान्तरण समारोहमा सङ्घका केन्द्रीय उपाध्यक्ष सोनाम लामा, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल, एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, एनआरएनए अमेरिकाका सल्लाहकार वेद खरेल, एनआरएन ऐशिया प्यासेफिक पूर्ब महिला संयोजक जुनु गुरुङ्, क्यानाडाका महासमिति सदस्य तुल भट्टचन, सामाजिक अभियान्ता जेपी श्रेष्ठ, ने.वि.संघको पूर्व केन्द्रिय सदस्य अनिल खनाल, ने.वि संघको पूर्व इकाई अध्यक्ष अनुप के.सी एनआरएनए अभियन्ता पूर्ण चन्द्र बानिया र पत्रकार पुरुषोतम ढकाल ,बरिष्ठ जन स्वास्थ अधिकृत भिम प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।

कोभिड–१९ विरुद्धको अभियानमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले गरेको सहयोगको स्वास्थ्य मन्त्री श्रेष्ठले सह्राना गर्दै  गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ ।

गत हप्ता अमेरिकाको युटाह राज्यको साल्ट लेक सीटीबाट झन्डै ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …