तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन् ।

कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा उपत्यकाका केही शैक्षिक संस्था र उपत्यकाबाहिरका कतिपय शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको हो ।

सरकारले कोभिड–१९ को संक्रमण बढेपछि २०७६ देखि ६ महिना लामो लकडाउन तथा निषेधाज्ञा जारी गरेको थियो । सरकारले पुनः संक्रमित बढेपछि २०७७ देखि निषेधाज्ञा जारी गर्दै आएको छ । सो समयमा नेपालको सबै विश्वविद्यालय तथा विद्यालयको पठनपाठन भर्चुअल रूपमा मात्र सीमित बनेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।

भर्चुअल कि भौतिक भन्ने सम्बन्धित निकायले नै निर्णय गर्छ: सीसीएमस

सीसीएमसीले लकडाउन तथा निषेधाज्ञाका कारण सामाजिक–आर्थिक गतिशिलता अवरुद्ध हुन गई नागरिकको जीविकोपार्जनमा नै कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको थियो । सीसीएमसीले पछिल्लोपटक कोभिड–१९ सम्बन्धी अधिकांश निर्णयको अधिकार डीसीएमसी तथा स्थानीय तहलाई दिएको छ ।

कार्यविधिमा लकडाउनको प्रकृतिअनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापलाई कडा लकडाउन (हार्ड लकडाउन), मिश्रित लकडाउन (मिक्स लकडाउन) नरम लकडाउन (सफ्ट लकडाउन), न्यूनतम लकडाउन (मिनिमल लकडाउन) गरेर चार भागमा विभाजन गरेको छ ।

जसमा शैक्षिक संस्था सञ्चालनमा कडा लकडाउन भएको ठाउँमा भर्चुअल माध्यममा, मिक्स लकडाउनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रशासनिक कार्य मात्र गर्न सकिने व्यवस्था छ ।

त्यस्तै, सफ्ट लकडाउनमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो समेतको उपयुक्त वैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न स्थानीय तहको सिफारिसमा डीसीएमसीले स्वीकृति दिन सक्ने व्यवस्था छ भने न्यूनतम लकडाउन भएको स्थानमा स्वास्थ्य सुरुक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था छ ।

सीसीएमसीका प्रवक्ता तथा सहसचिव नुरहरि खतिवडाले सो कार्यविधिको आधार शैक्षिक क्रियाकलाप गर्न सकिने बताएका छन् । ‘सीसीएमसीले कुनै पनि निर्णय गर्दैन, कार्यविधिका आधार भर्चुअल कि भौतिक उपस्थितिमा पठनपाठन गर्ने हो त्यो सम्बन्धित निकायले नै गर्छ,’ उनले राजधानीसँग भने ।आजको राजधानी दैनिकले खबर छापेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …