तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल स्याङ्जा, वालिङ

आजभन्दा करिव ५००० वर्ष अगाडि भारतवर्षको मथुरानगरीमा भाद्र महिनाको कृष्णपक्षको अष्ठमी तिथीको दिन मध्यरातमा वावु वासुदेव र आमा देवकीका गर्भबाट आठौं सन्तानका रुपमा भगवान कृष्णको जन्मभएको हुदा हामी हरेक वर्ष भाद्र कृष्णपक्षको अष्ठमी तिथीमा कृष्णको पुजाअर्चना तथा व्रतवसेर धुमधाम संग मनाउने गर्दछौं ।

कृष्णलाई सर्वशक्तिमान भगवान, योगेश्वर र सदगुरु  पनि भनिन्छ । उनैले आँफ्नो परमज्ञान आफ्ना सखा अर्जुनलाई दिएका थिए र त्यही ज्ञानको संग्रहलाई श्रीमदभागवत गीता भन्ने गर्दछौ जुन ज्ञान तात्कालीन समयदेखी अहिलेसम्म पनि उत्तिकै सान्दर्भिक व्यवहारिक र उपयोगी छ । 

सदगुरुहरु सृष्टिको कल्याण,रक्षा तथा सन्सारमा न्याय स्थापना गर्नको लागि आफ्नो दिव्यज्ञान हस्तान्तरण  गर्न उपयुक्त देश काल तथा पात्रको प्रतीक्षा गरिरहेका हुन्छन, भनिन्छ शिष्य वन्ने योग्यता भएको जिज्ञासुले पनि गुरुको खोज गरिरहेको हुन्छ । स्वेच्छाचारी  दुर्योधनलाई शासनबाट मिल्काएर पान्डवहरुलाई राज्य हस्तान्तरण गर्नको लागि महाभारतको युद्द लडिएको थियो भने आर्कोतर्फ परमज्ञान दिने उपयुक्त मौका र पात्रको संयोग जुराउनु पनि थियो जस्तो देखिन्छ । 

मानिसले औषधी कतिवेला खोज्छ ? जतिवेला उसको शरीरमा रोगले कष्ट दिनथाल्दछ, हो त्यसैगरि मानिस सान्सारिक तमाम ताप र कष्टले वेस्करी कुटिन थालेपछि, के गरौ के नगरौ भनेर आकुल र व्याकुल हुनथालेपछि वल्ल सहारा खोज्दछ, विरक्ती जागेको हुन्छ तव गुरुको खोजी गर्दछ त्यस्तो वेलामा नै सभ्य मानिसले गुरुको उपदेशलाई वुझ्रन र ग्रहण गर्न सक्षम हुन्छन् । ससाना आजिविकाको उल्झनमा व्यस्त मानिसहरुले व्रम्ह मोक्ष जस्ता उच्च ज्ञानहरुको वारेमा जान्न र सिक्न,सक्दैनन ती कुरा वुझ्रदैनन तर अर्जुन राजपरिवारका सदस्य थिए, दरवारिया सुखसयल सम्मान र भौतिक भोगको अनुभव भैसकेको थियो उनलाई   

उनले सुखमात्र होईन अत्यन्त दुःख कष्ट अपमान पनि सहेका थिए, दुःखका वारे पनि वुझेका थिए । उनी कुलीन परिवारमा प्रशिक्षित थिए र सुसंस्कृत पनि । उनकी आमा ठूलो ऋदयभएकी ज्ञानी थिईन र भगवानको भक्त पनि । दाजु युधिस्ठिर धर्मका मर्मज्ञ थिए, दाजु भीम साहसी र दीन दु:खीको  सहयोगको लागि जस्तोसुकै पराक्रम गर्न सक्षम थिए । आँफै धनुर्विध्या,राजकाज नीति तथा धर्मशास्त्रका पनि ज्ञाता थिए र दानी पनि र गुरुका प्रति समर्पित । उनको शरीर मन वुद्दि वाणी सवै पवित्र र सत्यवादी थियो, उनको शरीर मन वुद्दि स्वस्थ्य थियो, उनीमा सम दम तपका गुणहरु पनि थियो त्यसैले उनमा दिव्यज्ञान प्राप्त गर्न योग्यता थियो  र यसका अधिकारी थिए । 

त्यसैले त भगवान कृष्णले अर्जुनलाई सम्वोधन गर्दा भन्ने गर्नुहुन्थ्यो हे पृथापुत्र, हे कौन्तेय, हे भरतवंशी (तिमी यस्तो आदर्श कूलका पुत्र हौ भन्ने अर्थमा)  हे परंतप, हे महावाहो, (ठूलो हात भएको अर्थात धेरैकुरा दान गर्न तथा प्रताप र वीरता देखाउन सक्ने) त्यस्तै हे धनुर्धर  (लक्ष भेदन  गर्न सक्ने प्रतापी योद्दा) निस्कपट र ठूलो मनभएका भनेर कृष्णले सम्वोधन गर्नु भएको थियो । कृष्ण्ले अर्जुनलाई सम्वोधन गरिएका विशेषण वाक्य नै परमज्ञान प्राप्त गर्ने पात्रता भएको संकेत हो । 

अर्जुन ज्ञानी र जिज्ञासु त थिए तर उनमा केही अहंकार र केही अज्ञान वाँकी थियो । तव त कुरूक्षेत्रको युद्दको मैदानमा सेना,हात्ति घोडा  रथ लिएर  लड्रन तैयार भैसकेका अर्जुनमा  भ्रम श्रृजना भयो  । राज्य, सत्ता प्राप्तीको लागि जीवन वलिदान दिन तत्परभएका आफन्तहरुलाई देखेर उनमा करुणा भयो, उनीहरुलाई कसरी आफ्रनै हातले मार्ने तव अर्जुनले भने “कृष्ण मेरो हात कामी रहेको छ, मेरो गाण्डिव धनु पनि हात वाट खस्दै छ , मेरो शरीर पुरै भतभती पोलिरहेको छ , यसरी आफन्तहरुलाई मारेर यो राज्य मलाई चाहिैदन, मेरो सारा सन्तान र आाफन्त हरु मर्ने छन् पिन्न पानी पनि वन्द हुनेछ यसो हुदा वर्णसंकरहरुको जन्म हुनेछ , झन अधोगति हुनेछ” भनेर लडाईबाट भाग्ने मनसुवा व्यक्त गरे । हो हामी सवैजाना जीवनको निर्णायक घडिमा पछाडि हट्रने गर्दछौ र ससाना लाभ लिएर संझौतामा क्रान्ति टुग्याउँछौ । 

अर्जुनले युद्दलडेर अन्यायीहरुलाई परास्त गरि विजय गर्ने अवसर थियो यो तर उनमा देखिनलागेको मोहले आँफुलाई  कर्ताको रुपमा वुझेको कारण उनि लड्न वाट भाग्ने कुरा गर्दै थिए । यो युद्दमा शर्वशक्तिमान भगवान कृष्ण म संग हुनुहुन्छ, वँहानै कर्ता र भोक्ता हो , म कर्ता होइन, मैले दया गरेर मात्र मेरा आफन्तहरु वाँच्ने होइनन भन्ने पुर्णज्ञान नभएकै कारण अर्जुन भाग्ने कुरा गर्दै थिए । अर्जुनको अज्ञान हटाउनका लागि कृष्णले आत्म, परमात्मा, शरीर, कर्तव्य, वर्णधर्म, कर्म, ज्ञान, भक्ती योग स्वर्ग मोक्ष जस्ता विषयमा वेस्करी संझाए । 

अझैपनि अर्जुनको अज्ञान र भ्रम वाँकी भएकोले वाँकी सन्देह हटाउन आँफु व्रम्ह भएको र सारा जगत आँफुमा समेटिएको विराट स्वरुपको दर्शन गराए  पछि वल्ल भगवानको शर्वशक्ति र सर्वव्यापकता र भगवानको उदेश्य वारे थाहा पाए । 

उनको समग्र अज्ञान हट्यो तव भगवान प्रति समर्पित भएर अर्जृनले भने ‘भगवन मलाइ हजुरले कृपा गरिकन मेरो उद्दार गरि वक्सियो ,मेरो मोह नष्ट भयो, मेरो शंसय नाश भयो म आत्माको स्थितिमा फर्किैए म,हजुरको आदेशानुसारको काम गर्न तैयार भएको छु ” भनेर फेरी हतियार लिएर युद्दमा सामेल भए पान्डवहरुको जीत भयो, युद्य  पनि समाप्त भयो । भगवान कृष्ण र अर्जुन वीचको धर्म र दर्शन सम्वन्धी संवादरुपी यही  अद्रिवतीय संग्रहलाई हामी “श्रीमद्रभागवत गीता” भनेर भन्दछौ र सम्मान गर्दछौ ।

भगवत गीता हिन्दु धर्मग्रन्थहरु वेद, पुराण, व्रम्हशुत्र तथा उपनिषदहरुको सार रुप हो । यस पवित्र ग्रन्थमा मानिसको कर्तव्य, प्रकृतिका तीनवटा गुणहरु र यसको स्वभाव, पुरुष, चेतना, तथा भगवत प्राप्तीको लागि कर्म,भक्ती ज्ञान तथा राजयोगको महत्व  र यसका प्रकारहरु, भगवानको सर्वोच्चता, भगवानका गुण ऐस्वर्य तथा मोक्षका वारेमा विसद वर्णन गरिएको छ । यो कल्पवृक्ष जस्तै जे माग्यो त्यही दिनसक्ने जस्तै छ ।  

दर्शन विषय प्रेमीका लागि होस वा रुचीअनुसार भगवत प्राप्तीको विभिन्न मार्गहरुको  खोजी गर्ने हर कसैको लागि यो ज्यादै उपयोगी  छ , यसमा भएका हरेक शव्दहरुहरुमा जीवन छ । यो पवित्र ग्रन्थका ज्ञानहरु सके गुरुमुखबाट, नभए नियमित स्वअध्यायन गरेर पनि आफ्रनो विचार भावना र कर्मलाई पवित्र गरि जीवनलाई सार्थक वनाउन सकिन्छ यसर्थ यसको संगत गर्ने प्रयाश गरौ । कोरिएका यी २। ४ हरफहरु उनै श्रीकृष्णका चरणमा अर्पण गर्दछु, जय श्रीकृष्ण ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …