तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले आगामी १४ औं महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुन्छ भन्ने आशा व्यक्त गरेको छ।कांग्रेसलाई अहिले महाधिवेशन लागिरहेको बेला नेताहरूले त्यस्तो बताएका हुन।

नेपाल विद्यार्थी संघ सोलुखुम्बुको आयोजनामा १४ औं महाधिवेशनमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सचिव एवं प्रदेश सभा(क)का सभापति धनजन राईले क्षेत्रीय प्रतिनिधि बन्न कम्मर कसेर लागिपर्न सहभागी नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ।विशाल पंक्तिमा एकले अर्कोलाई स्विकार्नु पर्ने बताउनु भएको छ।५ वर्षको अवधिमा कांग्रेसले धेरै धोक्का पाएको दु:ख पोख्नु भयो।अधिवेशन नभए कांग्रेसलाई संबैधानिक संकट आउने भएकाले तोकिएको मितिमा नै अधिवेशन हुने धारणा राख्नुभयो।गाउँगाउँमा क्रियाशिल भर्नु प्रजातान्त्रिक भएको बताउनुभयो।यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य जयप्रसाद राईले सक्षम नेतृत्व चयन गर्दा गुट हुने प्रष्ट पार्नुभयो तर त्यसको निश्चित प्रयोजन समाप्त भएपछि कुनै पनि राष्ट्रिय तहका निर्वाचनमा त्यस्को प्रभाव कदापि पर्नु हुदैन। ।जिल्ला सभापतिका आकांक्षी ९ जनामात्र नभएको राईको भनाई छ।

जिल्ला सदस्यहरु घनराज सुनुवार,नविन थापा,गान्धी माँया तामाङ,लोक बहादुर दर्जी नेपाल शिक्षक संघ तथा महासंघ पुर्व अध्यक्ष प्रेम कुमार राई यस्तै नेपाल ट्रेड युनियन कांग्रेसका सचिव बुद्धि मगर नेपाल महिला संघका उपाध्यक्ष एकाकुमारी बस्नेत,नेताहरू लाक्पा तामाङ नेपाल विद्यार्थी संघका उपाध्यक्ष जीवन बस्नेत तरुण दल सोलु दुधकुण्ड नगरपालिकाका सभापति क्षितिज मोक्तान केन्द्रीय पार्षद शारदा माँया तामाङ महिला संघका नेत्रीहरु टंकीमाँया बस्नेत,सर्मिला बस्नेत,विनिता मगर अमृता कार्की लगाएतले सम्बोधन गरेको कार्यक्रम सञ्चालक एवं नेपाल विद्यार्थी संघका उपाध्यक्ष नविन बस्नेतले आगमन खबर डटकमलाई जानकारी दिनुभयो।

कार्यक्रम नेपाल विद्यार्थी संघका सभापति अश्विन बाबू थापाको सभापतित्व तथा नेपाली कांग्रेस सोलुखुम्बुका सचिव एवं प्रदेश सभा(क)का सभापति धनजन राईको प्रमुख आथित्यतामा सम्पन्न भएको नेबिसंघ सोलुले जनाएको छ।

सभापति थापाले आउने दिनहरुमा कांग्रेसलाई एकढिक्का बनाउन हामी युवाहरु लागि पर्ने बताउनु भयो।कांग्रेसलाई व्यापारीकरण गर्न खोजिएको होकी भन्ने चिन्ता रहेको थापाले गुनासो पोख्नु भयो।कार्यक्रम पार्टी कार्यालय वसन्त बजारमा सप्पन्न भएको हो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …