तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

टिस्टुङ। मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका बीच भागमा लुकाइछिपाई ल्याएको १०४ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

ट्रकमा गाँजा ल्याउँदै गरेको सूचनाका आधारमा हिजो मङ्गलबार साँझ प्रहरीले दोबाटोमा ट्रक रोकेर जाँच गर्दा बोराका बीच भागमा आठ वटा पोकामा लागुऔषध गाँजा फेला परेको हो । गाँजा, ट्रक र ट्रकका चालक मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …