तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नोमपेन । कम्बोडियाका बालबालिका जलवायु परिवर्तनका कारण उत्पन्न हुने असरको उच्च जोखिममा रहेको पाइएको छ । 

विषेश गरेर उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायतका विषयमा उनीहरूलाई हानी हुनसक्ने संयुक्त राष्ट्रसङ्घीय निकायले चिन्ता व्यक्त गरेको हो । 

कम्बोडियामा आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)का अधिकारीहरूले विश्वभरीको तथ्याङ्क हेर्दा कम्बोडिया पनि उच्च जोखिममा रहेको जानकारी दिएका हुन् । जलवायु परिवर्तनले बाल अधिकारमा पार्नसक्ने असरसम्बन्धी अध्ययन प्रतिवेदनमा कम्बोडिया उच्च जोखिमको ४६औँ अग्रस्थानमा रहेको युनिसेफका प्रतिनिधिहरूले उल्लेख गरेका छन् । 

उनीहरूका अनुसार प्रतिवेदनमा १६३ देश तथा क्षेत्रहरूको अध्ययन विवरण समावेश गरिएको छ । कम्बोडियाका बालबालिकामा पानी, वायु, माटोलगायत मार्फत हुने असरको खतरा खढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बालबालिका उच्च जोखिममा रहे पनि जोखिम न्यूनीकरण गर्नका लागि अपनाउनु पर्ने उपाय तथा कामहरूका लागि पर्याप्त लगानी भने नभएको उनीहरूले जनाएका छन् । जोखिम कम गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, जनचेतना, सरसफाइ, पोषण, सामाजिक सुरक्षालगायतका क्षेत्रमा लगानी पर्नुपर्ने विज्ञहरूको भनाइ छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …