तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

म्याग्दी। मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यार्तुन पर्व मनाउन शुरु भएको छ । बर्खा सकिएर हिउँद शुरु भएको सन्देश दिने यार्तुन पर्वलाई उपल्लो मुस्ताङका बासिन्दाले महत्वका साथ मनाउँछन् । कोरोना (भाइरस)को महामारीको जोखिमका कारण यस वर्ष औपचारिकरूपमा मात्रै यार्तुन मनाइरहेका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु)ले परम्परालाई निरन्तरता दिन औपचारिकताका लागि यार्तुन मनाउन लागिएको बताउनुभयो । “विगतका वर्षमा यार्तुनमा स्वदेशी पाहुना र पर्यटक पनि आउँथे”, उहाँले भन्नुभयो, “यसपाली कोरोनाको जोखिमलाई मध्यनजर गरेर परम्परालाई निरन्तरता मात्र दिइएको छ ।”

हरेक वर्षको साउन महिनाको अन्तिम सोमबारदेखि शुरु हुने उपल्लो मुस्ताङको यार्तुन पर्व तीन दिनसम्म मनाउँछन् । रोगव्याधि नलागोस्, अनिष्ठ नहोस्, अन्नबाली र व्यापार व्यवसाय राम्रो होस् भन्ने कामना गरेर यार्तुन मनाउने चलन छ । अग्रज र मान्यजनबाट आर्शिवाद लिने, नाचगान तथा घोडा घौडाएर यार्तुन मनाउने गरिन्छ । उपल्लो मुस्ताङका सांस्कृतिक राजा जिग्मे परवल बिष्ट र रानी धोर्जे याङ्जी बिष्ट पछिल्लो दुई वर्षको यार्तुनमा सहभागी हुनु भएको छैन ।

काठमाडाँैमा रहनुभएका विष्ट दम्पती कारोनाका कारण यार्तुनमा सहभागी नहुनुभएको हो । खेतीबाली लगाउने र थन्क्याउने काम सकेपछि यार्तुन मनाउने चलन छ । यार्तुन मनाएपछि त्यहाँका बासिन्दा जाडो छल्न र घुम्ती व्यापारका लागि पहाडी तथा तराई क्षेत्रमा जाने गर्छन् ।

‘यार’ को अर्थ बर्खा र ‘तुङ’को अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ । पहिलो, दोस्रो र तेस्रो दिन क्रमशः ज्येष्ठ नागरिक, युवा पुरुष र महिलाले घोडा दौडाउने चलन यार्तुनको विशेष आकर्षण हो । करिब ३० वर्गमिटर क्षेत्रफलको पिठोले तयार पारिएको घेराभित्र राखिने वस्तुलाई घोडा दौडाउनेले ढुङ्गाले हानेर फुटाउने चलन छ । जसले दौडिरहेको घोडा चढेर वस्तुलाई फुटाउन सक्छ, उसैलाई मुस्ताङी राजा, गाउँ मुखिया र स्थानीयले सम्मान गर्ने प्रचलन छ । यार्तुनमा गीत गाउने, नाच्ने र झाँकी देखाउने गरिन्छ । अग्रजको घरघरमा पुगेर आर्शिवाद लिन्छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …