तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काबुल। पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् ।

उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ । उनीहरुले कब्जा गरेकामध्ये कुन्दुज पनि एक हो । यो प्रान्त कब्जा गरेको घटनालाई अफगानिस्तानका तालिबाले निकै महत्वपूर्ण रहेको पनि भनेका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा बिग्रँदो अवस्थाबीच युद्धबिरामका लागि पनि केही अन्तरराष्ट्रिय अपिल भएकोमा त्यसलाई तालिबान बिद्रोहीले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानमा एकपछि अर्को मुख्य सहर कब्जा जमाइरहेकोले पनि यस अपिललाई अब आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

पछिल्ला दिनमा तालिबानले अफगानिस्तानमा हमलाका घटना बढाएका छन् । यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीले यी हमलामा कैयौँ मानिसको ज्यान गएको बताएका छन् ।

तालिबानले अमेरिकालाई अफगानिस्तानमा थप कारबाही नगर्न चेतावनी दिएका छन् । उत्तरी अफगानिस्तानका तीन शहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको खबर बाहिर आएपछि अमेरिकी सेनाले हवाई हमला गरेको थियो । कुन्दुजको स्थिति निकै अशान्त रहेको बताइएको छ । सामाजिक सञ्जालमा तालिबान लडाकु कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको बताइएको छ ।

यता अफगान सरकारी सुरक्षा बलले भने अझै पनि कुन्दुजमा तालिबानसँग सङ्घर्ष गरिरहेको पाइएको छ । तालिबानका अधिकारीले उनीहरूले बागलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …