तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वालिङ। गोरखा भुकम्पबाट क्षति भएका दश हजार बढी पीडितले लाभ लिएका छन् । क्षतिग्रस्त निजी आवास तथा भवनको पुनःनिर्माणका लागि हालसम्म जिल्लामा पुनःनिर्माण तथा प्रबलीकरण गरी कूल दश हजार १६२ घर निर्माण छन् ।

पुनःनिर्माणतर्फ ९०८ र प्रबलीकरणतर्फ ७५४ लाभग्राहीका सूचीमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख प्रवीण ढकालले जानकारी दिनुभयो ।

पुनःनिर्माणतर्फका कूल ९ हजार ४०८ लाभग्राही रहेका थिए । “प्रथम किस्ता बुझेका छ हजार २०२ मध्ये गत असार मसान्तसम्ममा ६८.३५ प्रतिशतले घर निर्माण सम्पन्न गरेका छन्” उहाँले भन्नुभयो, “घर निर्माण सम्पन्न गरेका लाभग्राहीलाई तेस्रो किस्ताबापतको रकम प्रदान गरिसकेका छौं ।”

प्रबलीकरणतर्फका कूल लाभग्राही ७५४ मध्ये ६०८ ले सम्झौता गरी प्रथम किस्ताबापतको रु ५० हजार बुझेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिए बमोजिमको प्रबलीकरण गरी ३२ लाई मात्र दोस्रो तथा अन्तिम किस्ताबापतको रु ५० हजार प्रदान गरिएको हो ।

लाभग्राही कायम भएकाको हकमा आगामी कात्तिक मसान्तसम्म आवास पुनःनिर्माणको अवधि कायम गरेको छ । “प्रबलीकरणमा कायम भएका लाभग्राहीले चाहेको खण्डमा पुनःनिर्माणको लाभग्राहीमासमेत परिवर्तन हुन पाउनेछन्” प्रमुख ढकालले भन्नुभयो, “यदि सामान्य मर्मत सम्भारमात्रै गर्न चाहेमा रु ५० हजार प्राप्त गर्न सक्नेछन् ।”
पहिले सर्भे÷रिसर्भे भएर पनि लाभग्राही कायम हुन नसकेका ७१७ गुनासोकर्ताको पुनरावेदन फाइल केन्द्रमा पठाइएको छ । जिल्लामा २१ लाभग्राहीले आफ्नो अन्यत्रसमेत बस्न योग्य घर रहेको जनाउँदै प्रथम किस्ताबापतको रु ५० हजारका दरले रु दश लाख ५० हजार फिर्ता गरेका प्रमुख ढकालले जानकारी दिनुभयो ।
पुनःनिर्माण लाभग्राहीले निजी आवास निर्माणका लागि तीन किस्तामा गरी तीन लाख र प्रबलीकरण लाभग्राहीले आंशिक क्षतिग्रस्त घर प्रबलीकरण गर्न दुई किस्तामा एक लाख रूपैयाँ पाउँछन् । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …