तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गण्डकी। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर नेता चमनलाल बरालको १९औँ खोजसभालाई सम्बोधन गर्दै उहाँले शहीद र बेपत्ताको योगदानको उच्च कदर गर्दै अघि बढ्ने बताउनुभयो ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बरालले अझै राजनीतिक अवस्था जटिल बन्दै गएको छ भन्नुभयो । सरकारले सुकुम्बासी समस्या आधारभूतरूपमा समाधान गर्ने विश्वास व्यक्त गर्दै मन्त्री उहाँले भन्नुभयो, “वर्तमान सरकारले नयाँ प्याकेज ल्याउँदै छ शहीद र बेपत्ताले देखाएको लक्ष्य र उद्देश्यलाई निरन्तर पछ्याइरहने छु ।”

चमनलालकी श्रीमती जमुना बरालले आफ्नो श्रीमान् हराएको १९ वर्षसम्म पनि पत्ता लगाउन नसकिएकामा दुखेसो गर्दै विगत तीन दशकदेखि बस्दै आएको पोखरा–१० स्थित नागिनटोलको जग्गाको लालपुर्जा उपलब्ध गराउन माग गर्नुभयो ।उक्त टोलमा करिब ७० घरपरिवार विगत ३० वर्षभन्दा अघिदेखि बसोबास गर्दै आएको स्थानीय किरणप्रसाद भट्टले जानकारी दिनुभयो ।

पोखरा–१० वडा कमिटीका अध्यक्ष किरणप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइराला , माओवादी केन्द्रका जिल्ला सचिव बखानसिंह तमु, माओवादी केन्द्र पोखरा महानगर कमिटी सचिव विश्वप्रकाश लामिछानेलगायतले लामो समयदेखि बेपत्ताको टुङ्गो नलगाउँदा पीडित परिवार चिन्तित बनेको धारणा राख्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …