तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम युवानेता  धनराज गुरुङले  प्रधानमन्त्री शेर बहादुर देउवाले कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गर्न उर्जामन्त्रीलाई दिएको निर्देशनको प्रशंसा गरेका छन् ।

मंगलवार नेता गुरुङ्ले समाजिक सन्जाल मार्फत प्रधानमन्त्री देउवाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई दिएको निर्देशन क्षमतावान स्थान भएकोले प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन हुने कुरामा विस्वास रहेको जनाएका छन् । 

मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर हाल प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर घिसिङ २०७७ साल भदौमा सेवानिवृत्त भएका थिए । प्राधिकरणमा रहँदा घिसिङले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल भएका थिए । 

नेता गुरुङको ट्वीटः ‘कुलमानलाई बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्न प्र।म।शेरबहादुर देउवाको निर्देशन’ भन्ने समाचार पढियो।

धन्यवाद @PM_Nepal ज्यु! क्षमतावानलाई ठाउँ दिनु राम्रो हो।

प्र।म।को निर्देशन तुरुन्त कार्यान्वयन हुन्छ भन्ने विस्वास लिएको छु।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …