तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। काठमाडौँ महानगरपालिका–११ वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ ।

व्यवसायी दीपक मल्होत्राले अतिक्रमण गरी संरचना बनाएर हडपेको यो जग्गा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा वडाका जनप्रतिनिधिसमेतको सक्रियतामा खाली गरिएको थियो । सार्वजनिक जग्गा खाली गरेसँगै उद्यान निर्माणका लागि जग्गा सम्याउन थालिएको छ । व्यक्तिले हडपेको सार्वजनिक जग्गालाई फेरि सार्वजनिक स्वामित्वमा ल्याएर उद्यान निर्माण गर्न लागिएको ११ नं वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिनुभयो ।

उक्त सार्वजनिक जग्गा आजदेखि सम्याउन शुरु गरिएको पनि उहाँले सुनाउनुभयो । स्थानीयवासी लाभान्वित हुने गरी त्यस क्षेत्रमा उद्यान निर्माणको योजना तयार गरिएको जानकारी वडा कार्यालयले जनाएको छ । भू–माफियाले काठमाडाँै क्षेत्र नं १ मा हडपेको जग्गा क्रमश राज्यको स्वामित्वमा ल्याउने अभियानमा लागेको प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गरी उद्यान निर्माण गरेर भूकम्प, बाढी, डुबानजस्ता प्राकृतिक विपत्ति पर्दा उपयोग गर्न सकिने गरी सुरक्षित राख्न लागिएको उहाँले बताउनुभयो । यसका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारबाटसमेत बजेट व्यवस्थापन गर्न लागिएको जनाइएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …