तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काबुल । अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूहरुका विरुद्ध गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् । घटनामा परी अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले शुक्रबार जानकारी दिएको छ ।

अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् । हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् । घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …