तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अफगानिस्तान । अफगानिस्तानका केही राजनीतिज्ञ तथा नागरिक समाजका अगुवाहरूले अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा इरानले सहयोग  लगाएका छन् । अफगानिस्तानमा तालिवान तथा अन्य विद्रोही समूहलाई सहयोग गरेर अशान्ति फैलाउन मद्दत गरेको आरोप इरानमाथि छ ।

अफगानिस्तानको पश्चिमी भूगोलमा पछिल्ला केही साताहरूमा भएका आक्रामक हमलामा इरानको विद्रोहीलाई सहयोग रहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा प्रभाब पार्नसक्ने चेतावनी काबुलमा भएको सरकार निकट नेताहरूले दिएका छन् । “अफगानी भूमिमा इरानको हस्तक्षेप हाम्रा लागि असह्य रहेको र राष्ट्रिय हित विपरित कुनै पनि वैदेशिक हस्तक्षेप अफगानिस्तानले सहन बाध्य हुने छैनन् ।” हामफिकरान राष्ट्रिय गठबन्धनका प्रमुख नेता अब्दुल सम्माद फर्मालीले भन्नुभयो ।

पछिल्लो समय सीमा क्षेत्रमा तालिवान समूहको आक्रमण बढिरहेका समय काबुलमा आयोजित भेलामा नेताहरूले हेरातमा रहेको साल्मा बाँधलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका थिए । हेरातमा पछिल्लो समय तालिवान गतिविधि बढ्न थालेका छन् । इरानले अफगानी सङ्कटको लाभ लिँदै अफगानिस्तानको मुख्य पानीको स्रोतहरूमा समस्या सिर्जना गर्न नहुने भेलालाई सम्बोधन गर्दै हक्का अदलत पार्टीका अध्यक्ष मोइन सम्कानाईले बताउनुभयो ।

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिकहरू फिर्ता हुने तयारी भइरहँदा देशभर तालिवान तथा अन्य विद्रोही समूहहरूले सरकारविरोधी आक्रमणलाई तीब्र बनाएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …