कर्णाली । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको चिसापानी—सोल्टा सडकको बाँका सडक खण्डवाट आज जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार दुई जना नदीमा बेपत्ता भएका छन् । नम्बर नखुलेको उक्त जिपमा एकै घरमा पाँच जना सवार रहेको जनाइएको छ । जिपमा सवार रहेकामध्ये तीन बालबालिकालाई कर्णाली नदी छेउको रुख बुट्यान भएको झारीमा घाइते अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिप दुर्घटनामा परी बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका—३ बस्ने ४० वर्षीय चालक चन्द्रप्रकाश जोशी र उहाँकी पत्नी ३० वर्षीया रुबी रहेको बताइएको छ । उहाँका आठ वर्षीया छोरी लक्ष्मी, दुई वर्षका बालक भुवन र छ वर्षकी छोरी सावित्रीलाई नदी छेउको झारीमा फेला पारिएको छ । तीनै जनाको अवस्था गम्भीर रहेको छ । बालबालिकालाई लम्कीस्थित अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ ।
प्रहरीले बेपत्ता दुई जनाको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताउनुभयो । उक्त कच्ची सडकमा जिप ‘व्याक’ गर्ने क्रममा झण्डै ३०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटना भएको जनाइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …