तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ ।

मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो । सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो ।

उपल्लो डोल्पाको धोमा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन गर्न जाँदा स्थानीयवासी जङ्गलको जडीबुटी सङ्कलनका लागि गएका कारण आउन ढिला भएको उहाँको भनाइ छ । शिक्षकहरुको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दिन सकिन्छ कि भन्नेमा आफू रहेको पंज्ञानीले बताउनुभयो । यहाँका तीनवटा सामुदायिक विद्यालयमा २६ र सङ्घसंस्थाबाट १० शिक्षक गरी ३६ जना कार्यरत छन् ।

सर्वसाधारण तथा उपभोक्ता धोस्थित कार्यालयमा आउन ढिलाइ गरेका कारण आफूहरु दुनै आउन समस्या भएको हुँदा सबै भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । गाउँपालिकाभरिका शिक्षकको तलबसमेत भुक्तानी दिन समय अभावले गर्दा नसकिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गर्न आइतबार प्रदेश कार्यालयमा पत्र लेख्ने र आफैँ पनि जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । यता गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले कर्मचारीले काम नगर्दा पैसा फिर्ता गएको बताउनुभयो ।

मुख्यमन्त्री रोजगारको पैसा जनताले काम गरे पनि एक रुपैयाँ भुक्तानी दिन नसकेको उहाँको भनाइ छ । असार ३१ सम्म प्रणालीले काम गर्ला भन्ने भए पनि ३१ गते नचल्दा धेरै रकम फ्रिज भएको उहाँको भनाइ छ । समयमा काम नगर्ने कर्मचारीतन्त्रका कारण जनताले दुःख पाएको उहाँको भनाइ छ । त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि जनताले काम गरेको रकमसमेत भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताउनुभयो । समयाभावका कारण भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …