तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ।

यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए। विगतमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्दा केहीले मात्र ८०–९० प्रतिशत अंक ल्याउँथे भने हाल यो संख्या प्रशस्त रहेको उनको भनाइ छ।

‘काठमाडौंमा राम्रा स्कुलहरू पनि प्रशस्तै छन्,’ एकाइ प्रमुख पौडेलले नागरिकसँग भने, ‘प्राक्टिकलमा स्कुलहरूले २५ नम्बर पुरै दिएका छन् । सैद्धान्तिकमा पनि राम्रै अंक दिएका छन्।’ उनले थपे, ‘३७ हजार ३ सय विद्यार्थीमध्ये प्रशस्तैले यसपटक ९० प्रतिशत अंक ल्याएको देखियो।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …