तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बझाङ । साँझमा धिपधिप बल्ने सोलार बत्ती। कहिलेकाहीँ बदली हुँदा सोलार नबलेपछि फुफु गर्दै झरो बाल्नुपर्ने बाध्यता। साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ। सुनसान, एकान्त अनकन्टार। न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन्, न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन्।

यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको पिमी गाउँ भनेर चिनिने कैलाशका ३५० घुरधुरीमा अहिले केन्द्रीय प्रशारणबाट विद्युतीकरण भएको छ। जयपृथ्वी नगरपालिकाको दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन्। नगरपालिका भएको भए पनि वर्षौंदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका वडा नम्बर १ कैलाश गाउँका प्रत्येक घरमा बिजुली बलेपछि उनीहरू खुसी भएका हुन्।

जयपृथ्वी नगरपालिका–१, कैलाशका रवीन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। विकले भने, “गाउँमा बत्ती नभएर मोबाइल चार्ज नहुँदा सम्पर्कविहीन हुनुपथ्र्यो, अब त्यो समस्या हटेको छ। अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ।”

बल्लतल्ल सडक पु¥याए पनि यहाँ केन्द्रीय प्रशारण लाइन पुग्न सकेको थिएन। नगरपालिकाका अरु वडाहरु र अन्य क्षेत्रमा बलेको बिजुली हेर्दै रात काट्ने यहाँका बासिन्दा आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि आफूलाई भाग्यमानी सम्झन्छन्।

स्थानीयवासी ६२ वर्षीय केशवबहादुर सिंहले भने, “गाउँमा बिजुली बत्ती आउला र झलमल्ल उज्यालोमा बसौंला भन्ने आशाको त्यान्द्रो बनेको थियो। धेरैले हामीलाई आशा देखाउँथे, बत्ती वर्षौंसम्म आएन, हाम्रै पालामा बिजुली बालौंला भन्ने आशा पनि मर्न लागिसकेको थियो। आज गाउँमा बत्ती पुग्यो, साँच्चै खुशी लागेको छ।”

प्रसारण लाइन गत वैशाखमै पु¥याएर जेठदेखि बाल्ने योजना भए पनि पोल गाड्न र तार तान्न ढिलाइ भएको वडाध्यक्ष गगनबहादुर सिंहले बताए। गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …