तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेस कास्कीले कांग्रेस नेता रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र र टे«ड युनियन आन्दोलनमा पु¥याउनुभएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाइएको छ । कुँवरलाई निष्ठावान र इमान्दार नेताका रूपमा रहनुभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्वाञ्जलि एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको सोमबार निधन भएको थियो । उहाँको मङ्गलबार पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।

नेपाली कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका नेता कुँवर हाल नेपाल ट्रेड युनियन कांग्रेसको सल्लाहकार हुनुहुन्थ्यो । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहनुभएका उहाँ पछिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखको प्रत्याशी हुुनुहुन्थ्यो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …