तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । युरोकप  २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद रु ३४,६५,५०५ सहित ८ जना पक्राउ परेका छन ।

युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गिरोहलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीटोलीले सोमबार पक्राउ गरेको हो । 

टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट Online Betting गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरि पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी  अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको छ ।

त्यसरी बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा IME बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ जिल्ला का.म.न.पा.४ सुकेधारा बस्ने बर्ष ५७ को राजेन्द्र श्रेष्ठ प्रधान  वडा नं.१९ ढोकाटोल बस्ने बर्ष ४७ को जिवन लामा पर्सा जिल्ला बिरगंज म.न.पा.वडा नं.७ घर भई हाल काठमाडौं  कुलेश्वर बस्ने बर्ष ४६ को सुरज टिवडेवाल, भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल काठमाडौं  कुलेश्वर बस्ने बर्ष ४६ अशोक कुमार गुप्ता  चितवन जिल्ला खैरहनी न.पा.वडा नं.५ टरौली घर भई हाल काठमाडौं धापासी बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद आचार्य भारत हरियाना विवरनी जिल्ला घर भई हाल काठमाडौं    इन्द्रचोक बस्ने बर्ष ४९ को राजेश कुमार अग्रवाल भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल काठमाडौं    क्षेत्रपाटी बस्ने वर्ष ३३ को सुचित डालमिया अग्रवाल मोरङ जिल्ला बिराटनगर नगरपालिका वडा नं. ७ घर भई काठमाडौं    मरुटोल बस्ने बर्ष ४६ को अमरनाथ गुप्ता रहेका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …