तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आगामी छ महिनामा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जाल जोडिने भएको छ । कर्णाली करिडोरको सिमकोटदेखि सर्केगार्ड खण्डको छारे र लेप्चेमा बेलिब्रिज निर्माणको प्रक्रिया अगाडि बढेपछि नयाँ आर्थिक वर्षको मध्यअघि सदरमुकाम सिमकोटमा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।

आगामी पुस महिनाभित्र हालसम्म राष्ट्रिय सडक सञ्जालसँंग नजोडिएको एक मात्र हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिने हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए । सदरमुकामलाई सडक जोड्नकै लागि कर्णाली करिडोरको सिमकोट सर्केगार्ड खण्डको छारे र लेप्चे क्षेत्रमा ५० मिटरका दुईवटा बेलिब्रिज निर्माणका लागि बोलपत्र आह्वान हुँदा काम अगाडि बढ्ने उनको भनाइ छ ।

उनका अनुसार आयोजनालाई जति सक्दो चाँडो सदरमुकाम सिमकोटसँंग राष्ट्रिय सडक सञ्जाल जोड्नका लागि केन्द्र तथा जनस्तरबाट दबाब छ । यसका लागि डेढ करोड रुपियाँ लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । सिमकोटलाई सडक सञ्जालसँग जोड्नका लागि वैकल्पिक सडक निर्माण गरेर आयोजनालाई तीव्रता दिने उनले बताए । तत्काललाई वैकल्पिक माध्यमबाट सडक जोडिनेछ । सबै कुराले साथ दिए छ महिनामा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताउँदै प्रमुख लामाले छारेबाट लेप्चेसम्मको डेढ किलो मिटर सडक निर्माण कार्यलाई पनि तत्काल अगाडि बढाइनेछ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …