तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली काँग्रेसमा महाधिवेशनका मतदाताका रूपमा रहने क्रियाशील सदस्यताको विवाद किनारा लगाउन निकै सकस भएकोे छ । गाउँ तथा नगरको वडा अधिवेशन सुरु हुन तीन साताको हाराहारी मात्र समय बाँकी रहे पनि पार्टीको क्रियाशील सदस्यता विवाद अझै मिल्ने स्थिति देखिएको छैन ।

 

पार्टीका प्रभावशाली नेताहरूले नै यसलाई आफ्नो हारजितसित जोडेपछि एक दर्जनभन्दा बढी जिल्लामा अझै क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद पाँच सयभन्दा बढी वडामा अझै कायमै छ ।

काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पार्टीका लागि क्रियाशील सदस्यताको विवाद मिलाएर १४औँ महाधिवेशन सम्पन्न गर्ने कुरा निकै सकस र चुनौतीपूर्ण भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९ गतेभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता काँग्रेसलाई छ तर पार्टीका मतदाता क्रियाशील सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन । अझै पनि काठमाडौँ, नुवाकोट, चितवन, मोरङ, सुनसरी, कैलाली, सुर्खेत, काभ्रेपलाञ्चोक, स्याङ्जा, सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …