तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आधुनिक जीवनशैलीमा प्रयोग गरिने विभिन्न सामग्री जस्तै, कम्प्युटर, मोबाइलले हाम्रो आँखालाई झन् कमजोर बनाइरहेका छन् । पढ्दा, काम गर्दा आँखा थाक्नुका साथै आँखाको शक्ती पनि कम हुँदै जान्छ ।

आँखाको शक्ती बढाउनको लागि हरियो सागपात र फलफूल खानु राम्रो हुन्छ । तर यदि आँखा कमजोर हुँदै गएका छन् भने खाना संगै आँखाको अभ्यास पनि गर्नुपर्छ। आँखाको शक्ति बढाउने अभ्यास गर्नको लागि मैनबत्ती तरिका सबैभन्दा उपयुक्त मानिन्छ ।

यसको लागि मनिबत्ति बालेर त्यसलाई एक ठाउँमा राख्नुपर्छ । त्यसपछि आफू डेढ देखि दुई फिटको दुरीमा बस्नुपर्छ । मैनबत्तिलाई आफ्ना सिधा आँखाले मैनबत्तिकै आगोमा केन्द्रित भएर आँखा नझिम्काई हेर्नुपर्छ।

यसरि हेर्दा आँखाबाट आँशु नझरुञ्जेल एकटकले हेर्नुपर्छ । यो अभ्यास हरेक दिन दुई देखि तीन पटक सम्म गर्नाले आँखाको शक्ती बढ्छ।

आँखाको लागि अर्को राम्रो अभ्यास भनेको पेन्सिल अभ्यास पनि हो । पेन्सिल आफ्नो हातमा लिनुहोस् र आँखा देखि केहि पर राख्नुहोस् । त्यसको टुप्पोमा एकटकले हेर्नुहोस् ।

त्यसपछि पेन्सिललाई आँखाको नजिक नजिक ल्याउँदै जानुहोस् र धमिलो देखुन्जेल सम्म नजिक ल्याउनुहोस् । यो अभ्यासले तपाईंको आँखालाई तेज बनाउनुका साथै दिमागको एकाग्रता शक्तिलाई पनि बढाइदिन्छ।

परको वस्तु हेर्ने शक्तिको लागि आफ्नो औंला प्रयोग गरेर अभ्यास गर्न सक्नुहुन्छ । यसको लागि आफ्नो हातको एउटा औंला आँखा देखि सिधा, राख्नुहोस् । अब केही परको कुनै वस्तु हेर्नुहोस् ।

त्यसपछि फेरी आफ्नो औंला हेर्नुहोस् । छिटो-छिटो आफ्नो हातको औंला र परको वस्तु हेर्ने अभ्यास हेर्ने गरिराख्नुहोस् । यसले परको वस्तु हेर्ने तपाईंको शक्ति बढ्छ भने दिमाग पनि तीक्ष्ण बन्छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …