तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन ।

असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मस्र्याङदी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा अवरुद्ध भएको छ ।

लमजुङको रामबजार, अर्गले, घट्टेखोला र च्याम्चे खण्डमा सडक १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन । मनाङमा तिमाङ खोलाले धारापानीमा १ गते र बगरछापमा ३ गते अवरुद्ध भएको थियो ।

त्यस्तै मनाङको तिमाङ छहरामा जेठ १६ गते सडक अवरुद्ध रहेकामा अझै सो सडक खुल्न सकेको छैन । अरनिको राजमार्गमा लिपिङ् पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ । सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सडक अवरुद्ध भएकामा हटाउने काम भइरहेको छ । साँफेबगर–मार्तडी–कोल्टी सडकमा पर्ने बल्दे–अम्कोट सडक जेठ ३१ मा अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन ।

रसुवाको गल्छी–त्रिशूली–वेत्रावती खण्डमा असार १ मा सडक अवरुद्ध भएको थियो । सो सडकको विकल्प भएकाले तत्काल मर्मत नहुने सडक विभागले जनाएको छ । तत्काल पूर्णरुपमा नियमित हुन नसक्ने राजमार्गमा एकातिरबाट पहिरो पन्छाएर सवारीसाधन नियमित गरिएको विभागले जनाएको छ । खोड्पे–चैनपुर सडकको रिखारी पातल र चिपल ढुङ्गा, तमैल सडक र अरनिको राजमार्गको जुरे सडक पनि आशिंक रुपमा सञ्चालनमा छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …