तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् ।

शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनीयरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । 

असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनीयर र सब इन्जिनीयर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले राससलाई जानकारी दिनुभयो ।

सङ्घर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ । 

सबै कर्मचारीलाई पुनस्र्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ ।सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनीयर र सब इन्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ । 

जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिनुभयो । थप सङ्घर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …