तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले नागरिकसँग अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ। तर वहाँहरुले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो।’ परीक्षाको मर्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिले गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ। जस अनुसार प्रत्येक विद्यालयमा एसइई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन्। प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ भने स्कुलको गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …