तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको र खोटेहाङ गाउँपालिकामा समेत संक्रमण पुष्टि भईसकेको सन्दर्भमा खोटेहाङ गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले खोटेहाङ गाउँपालिकामा जेठ २० गतेसम्म पुर्ण रुपमा निषेधाज्ञा जारीगर्ने निर्णय गरेको छ।

यसअघि नै गाउँपालिका मातहतका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, विद्यालय, हाट – बजार, संघ संस्था, होटल रेस्टुरां, गेष्टहाउस, लगायत पसलहरु साथै हिंडडुल तथा आवतजावत एवं निर्माण कार्य बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो

संक्रमणको दोस्रो लहरको असर गाउँपालिकामा समेत केही ब्यक्तिमा संक्रमण पुष्टी भएकाले रोकथाम नियन्त्रणका लागि आकस्मिक बैठक बसी सो निर्णय गरेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदिप राईले बताए।

यस्ता छन आकस्मिक बैठकले गरेका निर्णयहरु:

१,गाउँपालिकाभित्र सञ्चालित औषधी पसल बाहेकका सम्पूर्ण पसलहरु , संघ , संस्था , शैक्षिक संस्था , होटल व्यवसाय , रेष्टुरा , गेस्टहाउस , मिति २०७८/०२/२० गतेसम्मका लागि बन्द ।

२,हाटबजार मेला , समाजिक तथा सांस्कृतिक पर्व , भोजभतेर , पुजाआजा , विवाह , ब्रतबन्ध , पास्नी लगायतका भिडभाड हुने प्रकृतिका सबै प्रकारका कृयाकलाप बन्द गर्ने ।

३,निर्माण सामाग्री , खाद्यान्न तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधन स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुरा गरि चालक र सहचालकमात्र सवार हुने गरि सञ्चालन गर्ने र अत्यावश्यक अवस्थामा बाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गर्ने ।

४,निर्माण कार्य , बाध्य हिंडडुल तथा आवतजावत कार्य बन्द गर्ने , अत्यावश्यक अवस्थामा घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क , पञ्जा , सैनिटाईजर तथा सावुन पानी जस्ता स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्ने । पुनश्च : माथि उल्लिखित सूचनाको उल्लंघन गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गरेकोछ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …