तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । एमाले र माओवादी केन्द्र एकता भएर ‘नेकपा’ बन्दा माओवादीबाट गृहमन्त्री बनेका थापा बिहीबार हेटौंडाबाट एकसाथ दुई चोट बोकेर काठमाडौं फर्किएका छन् ।

६ जेठ २०७८ थापाका लागि ‘कालो बादल’ लागेजस्तै बन्न पुगेको छ । उनीमाथि एकैदिन दुई बज्रपात आइलागेको छ ।

सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किंदा एमालेमै रहेर गृहमन्त्री भइरहेका थापालाई बिहीबार नै सर्वोच्च अदालतले गृहमन्त्रीबाट मुक्त गरिदियो । एमाले उम्मेदवार बनेर राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका उनले बिहीबार नै हार बेहोर्नु प-यो ।

उत्साहसाथ मंगलबार राज्यशक्ति प्रयोग गरेर चुनाव जित्न हेटौंडा आएका थापा बिहीबार सबै जिम्मेवारीबाट मुक्त भएर चोट बोक्दै काठमाडौं फर्किनुपरेको हो ।

आफैंले गुमाएको राष्ट्रिय सभा सदस्य पदमा फेरि उम्मेदवार बन्दा उनले नमिठो पराजय बोकेका छन् । योसँगै उनको ‘राजनीतिक भविष्य के होला ?’ भन्ने प्रश्न खडा भएको छ ।पुरा खबर राजधानी दैनिकमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …