तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ति जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भर्त्सना गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

नेता खाँडले संविधान र कानुनको पालना गर्ने सवालमा निर्वाचन आयोग पनि जिम्मेवार निकाय हो, त्यसैले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने बैठकको ठहर रहेको बताए ।

बामगती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन बिहीबार हुँदैछ । खाँणले अहिलको अवस्थामा वैकल्पिक सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न कांग्रेस खुल्ला रहेको धारणा राखे । बैठकले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

नेपालमा कोरोना महामारीको बिषयमा सरकार र प्रधानमन्त्रीले गरेको गलत विश्लेषण कै कारण जनताले ज्यान गुमाउनुपरेको कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भए पनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको तथा भ्रष्टाचारका कुरा बाहिर आउनु दुखद भएको खाँडले बताए ।

कांग्रेसले सवै नागरिकलाई कोरोना खोपको प्रवन्ध छिटो भन्दा छिटो उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको खाँणले जानकारी दिए । बैठकले कोरोना संक्रमण रोकथामका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ ।

त्यस्तै कोरोना उपचारका लागि फ्रन्टलाइनमा बसेका व्यक्तिहरुप्रति पनि बैठकले धन्यवाद दिएको छ । कोरोना महामारीमा अप्ठेरो अवस्थामा परेको क्षेत्रलाई राहत प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …