तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ हजार ३०५ मा सङ्क्रमण देखिएको थियो भने १६८ को ज्यान गएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार थपिएका सङ्क्रमितसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार २०७ पुगेको छ । यस्तै क्वारेन्टाइनमा ४९७ जना छन् । मन्त्रालयका अनुसार एक हजार ३८१ आईसीयू र ३८० भेन्टिलेटरमा गरी एक हजार ७६१ जना सङ्क्रमित उपचाररत छन् । बिहीबार थप पाँच हजार ५५ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ७४ दशमलव छ प्रतिशत रहेको छ ।

विगत २४ घण्टामा थप २१४ जना सङ्क्रमितको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ४६६ पुगेको छ ।मन्त्रालयका अनुसार प्रदेश १ मा १८० आईसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १७९ आईसीयू र ४३ जना भेन्टिलेटरमा छन् । यस्तै बागमती प्रदेशमा ६३८ आईसीयू र २३१ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ८८ जना आईसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३६ जना आईसीयू र १३ जना भेन्टिलेटरमा, कर्णालीमा ११० जना आईसीयू र आठ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५० जना आईसीयू र १४ जना भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकाका अस्पतालमा २९७ जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा छन् भने एक हजार ८४३ जना आइसोलेसनमा छन् ।

काठमाडौँ उपत्यकामा एकै दिन तीन हजार ५६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार ७३३ सङ्क्रमित थपिएका छन् । ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना सङ्क्रमित थपिएका छन् । गोरखापत्र दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …