तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)लगायत दलको स्यालहरुको हुँईया काम छैन आलोचना गरेका छन् ।

उनले राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री के पी ओली नै भएको र कुनै भ्रममा नपरी हाम्रो पकति अभियान बनाएर लाग्नको लागी आह्वान समेत गरेका छन।

उनले विगतमा  सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिएको बताएका छन।

हेर्नुहोस उनको टिप्पणी

१) ७१ बर्ष पछाडी कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागेका प्रचण्ड हरुको क्रान्तिकारीपन पनि देखियो।
२) जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधब नेपालहरुको विधि र अनुशासन पनि देखियो।
३) बिगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ।
४) पद र पैसा भने पछि जिउ ज्यान छाड्ने आफू मन्त्री होउन जेल तेही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिए पछी प्रतिगामी , संबिधान संशोधन र मधेसी आन्दोलनका मुद्धामा मतलब छैन कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादबको मधेस मोह पनि हेरियो।
५) आठओटा पार्टी फेरेर प्रबेश गरेको जसपालाइ फोर्न प्रचण्ड र राम चन्द्रहरुको गोटी बन्ने अफ्नो साँसदहरुलाइ एक ठाउमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठापनी देखियो।
६) राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री के पी ओली नै हो कुनै भ्रममा नपरी हाम्रो पकति अभियान बनाएर लागौं।
७) श्याल हुँइया गर्नेहरुको भबिष्य छैन। आबास्यक प्रतिरोध गरौं।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …