तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बुटवल। पछिल्ला दिनदिनै जसो राजनैतिक उतारचढाव भइरहेको लुम्बिनी प्रदेशमा मंगलबार सांझ फेरि मन्त्रीपरिषद थपघट भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार फेरि मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । उहाँले यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर गर्नुभएको छ । थपिएका तीन मन्त्रीसहित मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।

पछिल्लो मन्त्रीपरिषद बिस्तारमा अर्घाखाँचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नु भएको छ । रुपन्देहीका भोजप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउनु भएको छ । सूर्यचिन्हबाट स्वतन्त्र उमेदवार बनेका कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद् पुर्नगठन तथा कार्यविभाजन गरेको प्रदेश प्रमुखका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाएका हरिप्रसाद रिजाललाई ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

त्यस्तै शिक्षा तथा सामाजिक विकास मन्त्रालय पाएकी जनता समाजवादीकी कल्पना पाण्डेले उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाउनु भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …