तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।

संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको छ । ‘शवको चाप अत्यधिक बढ्यो, त्यसले गर्दा बाग्मतीमा अन्त्येष्टि थालेका छौं,’ सदस्य सचिव ढकालले राजधानीसँग भने ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आँकलनसमेत गरेको छ ।

हाल, पशुपति आर्यघाटमा तीन विद्युतीय शवदाह गृह छन् । तीमध्ये एक मर्मत क्रममै छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या भएपछि कोषसँगको समन्वयमा विद्युतीय शवदाह गृहनजिकै बाग्मती नदी किनार रोजिएको जानकारी दिए । ‘विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या हुन थाल्यो,’ उनले भने, ‘संख्या बढ्दै जाँदा चाप पनि बढ्दो भएर बाग्मती किनार संक्रमित शवको अन्त्येष्टि थालिएको हो ।’

सैनिक प्रवक्ता पौडेलका अनुसार गत १७ र १८ वैशाखमा २६ संक्रमितको शव पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । तर, १९ वैशाखमा मृतक संख्या बढेर ३१ पुग्यो । सोमबार साँझसम्म पशुपति आर्यघाटमा ३६ जनाको शव अन्त्येष्टिका लागि अनुरोध आएको छ ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आँकलनसमेत गरेको छ । संक्रमण गतिमा ‘चेनब्रेक’ नहुँदा सरकारले निषेधाज्ञा देशव्यापी बनाउँदै लगेको छ भने उपत्यकामा जारी लकडाउन बढाउने तयारी गरेको छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …